मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

बुटवलमा गाईवस्तुमाथि निर्मम कुटपिट: बाछोको खुट्टा भाँचियो, मेयर पाण्डेय विवादमा

बुटवल उपमहानगरपालिकाका कर्मचारीले सडकमा गाईवस्तु लखेट्दै निर्मम कुटपिट गर्दा एउटा बाछोको खुट्टा भाँचिएको छ। सुरक्षाकर्मीको उपस्थितिमा समेत ज्यादती नरोकिएको भिडियो भाइरल छ। मेयर खेलराज पाण्डेय स्वयं लट्ठी बोकेर गाईवस्तु लखेट्ने अभियानमा संलग्न भएपछि उनको कार्यशैलीमाथि प्रश्न उठेको छ।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
Share:
२३३

बुटवल उपमहानगरपालिकाका कर्मचारीले सडकमा गाईवस्तु लखेट्दै निर्मम कुटपिट गर्दा एउटा बाछोको खुट्टा भाँचिएको छ।

भाइरल भिडियोमा मानिसहरूको समूहले लट्ठीले हिर्काउँदा अन्य गाईवस्तुहरू पनि सकिनसकी भागेका छन्।

भीडबाट भाग्न खोज्ने गोरुलाई मानिसहरूले निर्जीव वस्तुझैँ हिर्काए। यो क्रूरताको रमिता हेर्न ठूलो भीड जम्मा भएको थियो, केहीले मोबाइलमा भिडियो कैद गरे।

विज्ञापन

घटनास्थलमा सुरक्षाकर्मी उपस्थित थिए, तर अवोध पशुप्राणीमाथिको ज्यादती रोक्न पहल गरेनन्। सामाजिक सञ्जालमा यस घटनाको चर्को आलोचना भइरहेको छ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बुटवल नगरपालिकाका कर्मचारीको कार्यलाई ‘आपराधिक’ टिप्पणी गरेका छन्।

यसैबीच, उपमहानगर प्रमुख खेलराज पाण्डेय स्वयं लट्ठी बोकेर गाईवस्तु लखेट्न निस्किएको तस्बिर भाइरल छ। उनले एक भिडियो सन्देशमा गाईगोरु लखेट्ने अभियान चलाएको बताएका छन्।

मेयर पाण्डेयले स्थानीयवासीलाई बिहान ७ बजेबाट गाईवस्तु लखेट्न आह्वान गरेका छन्। यो अभियान आगामी ७ गतेसम्म निरन्तर चल्ने उनको भनाइ छ।

बेवारिसे गाईवस्तुले सडक आवागमनमा अवरोध पुर्‍याए पनि पशुलाई कुटेर व्यवस्थापन नहुने धेरैको तर्क छ। उपभोग अयोग्य पशुलाई सही व्यवस्थापन गर्न र क्रूर व्यवहार नगर्न सुझाव दिइएको छ।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार