NM Khabar 1 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक जारी

प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक जारी छ। बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्नेछ। पारित नीति तथा कार्यक्रम आजै संसद्को संयुक्त बैठकमा प्रस्तुत गरिनेछ।
Laxmi Bhattarai
Laxmi Bhattarai
11 May 2026, 10:33 am १ मिनेट पढाइ
आकार:
Share:

प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी छ।

बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्नेछ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठक बस्न लागेको जानकारी दिएका थिए।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान १०:३० बजेदेखि बैठक सुरु भएको हो।

मन्त्रिपरिषद्ले नीति तथा कार्यक्रम पारित गर्नेछ। पारित कार्यक्रम आजै संघीय संसद्का दुवै सदन, राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकमा प्रस्तुत हुनेछ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो संयुक्त संसद् बैठकलाई सम्बोधन गर्नेछन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार