मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

सभामुखको आदेशबिनै कांग्रेस सांसद बैठक कक्षबाट बाहिर

प्रतिनिधिसभा बैठकमा फोटो खिचेको आरोपमा कांग्रेस सांसद गीतकुमारी सेन्दाङलाई सभामुखको आदेशबिनै मर्यादापालकले बैठक कक्षबाट बाहिर निकालेका छन्। सांसद सेन्दाङलाई बाहिर निकालेर खिचिएको फोटो डिलिट गरेपछि मात्र पुनः बैठकमा प्रवेश दिइएको थियो। यसैबीच, रास्वपा सांसद जगदीश खरेलले प्रधानमन्त्रीको जस्तो जवाफ दिएको भन्दै कांग्रेस सांसद नरेन्द्रकुमार केरुङले नियमापत्ति जनाएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
Share:
१६१

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा फोटो खिचेको आरोपमा नेपाली कांग्रेसकी सांसद गीतकुमारी सेन्दाङलाई सभामुख डोलप्रसाद अर्यालको आदेशबिनै मर्यादापालकले बैठक कक्षबाट बाहिर निकालेका छन्।

सांसद सेन्दाङले बैठक कक्षभित्रबाट फोटो खिचेको र सोही निहुँमा मर्यादापालकहरूले सभामुख अर्यालको अनुमति नलिई आफूलाई बाहिर निकालेको बताइन्। बाहिर निकालेपछि खिचिएको फोटो डिलिट गरेपछि मात्र उनलाई पुनः बैठकमा प्रवेश दिइएको थियो।

प्रतिनिधिसभा बैठकमा सांसदहरूले फोटो र भिडियो खिच्न नपाउने व्यवस्था छ। सभामुख अर्यालको रुलिङबिना सांसदलाई यसरी बाहिर निकाल्ने कार्य संसदीय अभ्यासमाथि प्रश्नचिह्न खडा गर्ने खालको भएको टिप्पणी भएको छ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले प्रधानमन्त्रीको जस्तो जवाफ दिएको भन्दै कांग्रेस सांसद नरेन्द्रकुमार केरुङले नियमापत्ति जनाएका थिए। यस विषयमा सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए।

बैठकपछि पत्रकारसँग कुरा गर्दै सांसद केरुङले रास्वपा सांसद खरेलको अभिव्यक्ति संसदीय मर्यादाविपरीत रहेको र त्यसलाई रोक्न सभामुखलाई आग्रह गरेको बताए। उनले विधेयकमाथिको छलफलमा सांसद खरेलले प्रधानमन्त्रीले जस्तो जवाफ दिन खोजेको र आफूहरूले भने प्रधानमन्त्रीबाट जवाफ खोजेको स्पष्ट पारे।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार