संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले विभिन्न राजनीतिक दलहरूसँग छलफल सुरु गरेको छ। कार्यदलले दलहरूसँग सुझाव सङ्कलन गर्ने उद्देश्यले छलफल अगाडि बढाएको हो।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजनीतिक दलका प्रतिनिधिहरूसँग संविधान संशोधनका विषयमा सुझाव सङ्कलन गरिरहेको छ।
