मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

ठेक्का अलपत्र पारेको कसुरमा निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडु नियन्त्रणमा

ठेक्का अलपत्र पारेको कसुरमा निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सहरी विकास मन्त्रालयको आग्रहमा उनीहरूलाई पक्राउ गरी मन्त्रालयमा उपस्थित गराइएको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयले गोंगबुबाट नियन्त्रणमा लिएको जनाएको छ।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
Share:
२०३

सहरी विकास मन्त्रालयको आग्रहमा ठेक्का अलपत्र पारेको कसुरमा निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले शर्मा एन्ड कम्पनीका सञ्चालक रमेश शर्मा र लामा कन्स्ट्रक्सनका पीताम्बर बडुलाई नियन्त्रणमा लियो। उनीहरूलाई सहरी विकास मन्त्रालयमा उपस्थित गराइएको छ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई गोंगबु क्षेत्रबाट नियन्त्रणमा लिएको जनाएको छ।

आफूले लिएको ठेक्काको काम समयमा सम्पन्न नगरेको कसुरमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले बताएको छ।

मन्त्रालयले समयमै काम नगर्ने व्यवसायीलाई उपस्थित गराइदिन प्रहरीलाई पत्रमार्फत आग्रह गरेको थियो। मन्त्रालयको सोही पत्रको आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको लोकान्तरलाई कार्यालयका एक अधिकारीले जानकारी दिए।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार