NM Khabar 1 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सहकारीको बचत फिर्ताको माग: ४ अर्ब ७७ करोडभन्दा बढी रकम दाबी

• काठमाडौं महानगरपालिका सहकारी विभागमा ६,३०० भन्दा बढी बचतकर्ताले ४ अर्ब ७७ करोडभन्दा बढी रकम फिर्ताको माग गरेका छन्। • साना बचतकर्ताको संख्या ७८ प्रतिशत छ, जसले दैनिक ५००-१००० जम्मा गर्छन्। • बुद्ध दर्शन सेभिङ एण्ड क्रेडिट कोअपरेटिभले ३४ जनालाई रकम फिर्ता गरेको छ, र आगामी एक महिनाभित्र ५ लाखसम्म फिर्ता गर्ने योजना छ।
NM Khabar
NM Khabar
1 June 2026, 5:33 pm १ मिनेट पढाइ
आकार:
Share:

काठमाडौं महानगरपालिका सहकारी विभागमा छ हजार ३०० बचतकर्ताले रु चार अर्ब ७७ करोड ४९ लाख २३ हजार बचत फिर्ताको माग गरेका छन्। पछिल्लो समय सहकारीबाट बचत रकम फिर्ता लैजानेको संख्या अत्यधिक बढेको विभागले जनाएको छ।

विभागका प्रमुख धुव्रकुमार काफ्लेका अनुसार गत वैशाख १७ गतेदेखि हालसम्म आएका उजुरीका आधारमा बचतकर्ताले उक्त रकम फिर्ताको दाबी गरेका हुन्। यसरी रकम फिर्ता माग्ने बचतकर्तामा रु एक लाखदेखि रु पाँच लाखसम्मको रकम बढी रहेको छ।

प्रमुख काफ्लेले दैनिक ५०० देखि एक हजार जम्मा गर्ने अर्थात् साना रकम जम्मा गर्ने बचतकर्ताको सङ्ख्या अत्यन्तै बढी रहेको बताए। उनका अनुसार उजुरी आएकामध्ये साना बचतकर्ताको सङ्ख्या ७८ प्रतिशत छ।

कामपाले गत सोमबार र मङ्गलबार गरी बुद्ध दर्शन सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका ३४ जना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ। कामपा–६ मा सञ्चालित उक्त सहकारी संस्थाले रु एक लाख ५० हजारसम्म बचत गर्नेको रकम फिर्ता गरेको हो। सहकारीले आगामी एक महिनाभित्र रु पाँच लाखसम्म बचत गर्ने बचतकर्ताको रकम फिर्ता दिने योजना बनाएको छ।

कामपाले ठूला बचतकर्ताका हकमा सहकारी विभागसँग समन्वय गरेर ऋणीलाई ताकेता गर्ने र बचतकर्ताको रकम फिर्ता गर्ने कार्य अघि बढाएको छ। विभागले बचत फिर्ता र ऋण असुली दुवै प्रक्रियामा सहजीकरण गरिरहेको छ।

संस्थाका सञ्चालक सम्पर्कमा आउन अटेर गरेमा कारबाहीका लागि सिफारिस गरिने प्रमुख काफ्लेले जानकारी दिए।

NM Khabar

NM Khabar

संवाददाता · NM Khabar

NM Khabar का आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष समाचारको लागि हामीलाई पछ्याउनुहोस्।

सम्बन्धित समाचार