आज देशभरका अधिकांश भू-भागमा मौसम बदली हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज देशभर विभिन्न प्रदेशमा मेघगर्जन र चट्याङ्सहित वर्षाको सम्भावना रहेको छ ।
विशेषगरी केही प्रदेशहरूमा भने भारीदेखि अति भारी वर्षासम्म हुन सक्ने अनुमान गरिएको छ ।
