NM Khabar 10 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

डाबरको मह गुणस्तरहीन: बजारबाट तत्काल फिर्ता गर्न विभागको आदेश

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डाबर नेपालको मह बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। प्रयोगशाला परीक्षणमा मह न्यून गुणस्तरको पाइएको छ। ब्याच नम्बर NB00477, ५०० ग्रामको उत्पादन तत्काल बिक्री वितरण रोक्न भनिएको छ।
Sanjay Karki
Sanjay Karki
21 May 2026, 1:34 pm १ मिनेट पढाइ
आकार:
Share:

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले डाबर नेपाल प्रालिद्वारा उत्पादित ५०० ग्रामको मह बजारबाट तत्काल फिर्ता गर्न आदेश जारी गरेको छ।

विभागले बजार अनुगमनका क्रममा संकलन गरेको महको नमुना प्रयोगशाला परीक्षण गर्दा न्यूनस्तरको पाइएको हो। यो उत्पादन ‘रिकल’ गर्न निर्देशन दिइएको छ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३६(२) बमोजिम डाबर ब्रान्डको उक्त मह बजारबाट फिर्ता गर्न र बिक्री–वितरण रोक्न आदेश दिइएको छ।

रिकल गरिएको उत्पादनको ब्याच नम्बर एनबी ००४७७ हो। यसको उत्पादन मिति सन् २०२५ डिसेम्बर हो। उपभोग अवधि १८ महिना छ। यो उत्पादन डाबर नेपाल प्रालि, जितपुर सिमरा उपमहानगरपालिका–२३, बाराले उत्पादन गरेको हो।

विभागले उत्पादक कम्पनीलाई तत्काल बिक्री वितरण रोक्न र बजारबाट उत्पादन फिर्ता गर्न निर्देशन दिएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार