NM Khabar 28 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

भारतले धौलीगङ्गा बाँध खोल्दै, महाकाली तटीय क्षेत्रमा सतर्कता

भारतको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध सिल्ट सफाइका लागि खोलिँदैछ। यस अवधिमा महाकाली नदीमा जलस्तर बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। दार्चुला र बैतडीका जिल्ला प्रशासन कार्यालयले स्थानीयलाई उच्च सावधानी अपनाउन निर्देशन दिएका छन्।
Bikram Magar
Bikram Magar
28 July 2026, 8:03 pm १ मिनेट पढाइ
आकार:
धौलीगङ्गा बाँध
Share:

भारतको उत्तराखण्ड प्रदेशस्थित पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध सिल्ट सफाइका लागि खोलिने भएको छ। यसका कारण महाकाली नदीको जलस्तर बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना जारी गर्दै भारतको एनएचपिसी लिमिटेड, धौलीगङ्गा पावरस्टेसन, धारचुलाबाट बुधबार बिहान ६:०० बजेदेखि बिहीबार अपराह्न ६:०० बजेसम्म सिल्ट सफाइका लागि बाँध खोलिने जानकारी प्राप्त भएको जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीका अनुसार, बाँधका ढोका खोलिने अवधिमा महाकाली नदीमा जलस्तर बढ्न सक्ने जोखिम छ।

यसैगरी, जिल्ला प्रशासन कार्यालय बैतडीले पनि महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी राजमणी निरौलाले सम्भावित जोखिमलाई ध्यानमा राखी सतर्क रहन अनुरोध गरेका छन्।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालालाई आवश्यक पूर्वतयारी र सतर्कता अपनाउन निर्देशन दिइएको छ।

Bikram Magar

Bikram Magar

संवाददाता · NM Khabar

विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्‍याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।

सम्बन्धित समाचार