मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

राज्यले नसुन्दा फेरि मातृभूमि छाड्न बाध्य: धुर्मुस

• हास्य कलाकार सीताराम कट्टेल 'धुर्मुस'ले राज्यबाट सहयोग नपाएको भन्दै देश छाड्न बाध्य भएको बताएका छन्। • चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको ऋण र अधुरो सपना समाधानमा राज्यको साथ नमिलेको उनको गुनासो छ। • १५ करोडको बजेट फ्रिज हुने अवस्था र १८ करोडभन्दा बढीको ऋण बोकेर फर्किनुपरेको धुर्मुसले उल्लेख गरेका छन्।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
धुर्मुसको गुनासो
Share:
१९५

राज्यबाट कुनै सहयोग नपाएपछि हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ फेरि मातृभूमि छाड्न बाध्य भएका छन्। चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको ऋण भार र अधुरो सपना समाधानका लागि राज्यले साथ नदिएपछि उनी देश छोड्न विवश भएका हुन्।

सामाजिक सञ्जालमा धुर्मुसले लेखेका छन्, ‘न्याय पाउने, आफ्नै माटोमा दुःख–सुख साट्ने र फेरि हजुरहरूलाई हँसाउने सपना बोकेर छोरीसहित फर्किएको थिएँ। दुई महिना अथक प्रयास गरेँ। राज्यका ढोका–ढोका पुगेँ। न्यायको आशामा गुहारेँ।’

उनले भने, ‘न राज्यले मेरो आवाज सुन्यो, न पीडा सुनाउने अवसर पाएँ। समस्या समाधान त परै जाओस्, १५ करोड विनियोजित बजेटसमेत भरतपुर महानगरपालिकाबाट फ्रिज हुने अवस्था आयो। १८ करोड ४३ लाखको ऋण, अधुरा सपना र मनभरिको पीडा बोकेर मातृभूमिबाट फर्किन बाध्य भएँ।’

विज्ञापन

धुर्मुसले आफ्नै देशमा न्याय खोज्दा आवाज बेवारिसे भएको अनुभूति सुनाए। ‘इमानदारीका साथ केही गरौँ, माटोलाई केही दिउँ भन्ने सपना देख्नेहरूको नियति यस्तै हुँदो रहेछ। १० वर्ष समाज र राष्ट्रलाई समर्पण गर्दा राज्यबाट पाएको प्रोत्साहन यही होला,’ उनले लेखे।

उनको मन भारी छ, ओठ कापेका छन्, आँखा रसाएका छन्। ‘तर हृदयको कुनामा आशा बाँकी छ। कुनै दिन राज्यले सम्झिनेछ। समयले सत्य बोल्नेछ। हाम्रो पीडा सुनिनेछ। संघर्षको मूल्य बुझिनेछ। देशभक्ति भावनाको कदर हुनेछ। आफ्नै देशमा न्याय खोज्नेहरूको आवाज दबिने छैन,’ उनले भने।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार