धनगढी । चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. गोविन्द केसीले आज (बिहीबार) धनगढीबाट पुनः सत्याग्रह सुरु गरेका छन्। स्वास्थ्य क्षेत्र सुधारका लागि ७ बुँदे माग राख्दै केसीले धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालाबाट सत्याग्रह आरम्भ गरेका हुन्।
केसीले स्वास्थ्य क्षेत्रलाई सरकारबाटै निजीकरण गर्ने प्रयास भएको भन्दै त्यसको विरोधमा आवाज उठाएका छन्। विगतमा पनि उनले विभिन्न माग राखी पटक–पटक आमरण अनसन बस्दै आएका छन्।
