मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

लागुऔषधसहित २७ पक्राउ, प्रहरी अनुसन्धानमा

प्रहरीले मुलुकका १२ जिल्लाबाट लागूऔषधसहित २७ जनालाई पक्राउ गरेको छ। काठमाडौं, नवलपरासी, सिन्धुली, सुनसरी, झापा, कास्की, भक्तपुर, मोरङ, तनहुँ, बझाङ, बाँके र चितवनबाट लागूऔषध बरामद भएको छ। पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको छ।
Sanjay Karki
संवाददाता
१ मिनेट पढाइ
आकार:
लागुऔषध पक्राउ
Share:
१७८

प्रहरीले काठमाडौं, नवलपरासी पूर्व, सिन्धुली, सुनसरी, झापा, कास्की, भक्तपुर, मोरङ, तनहुँ, बझाङ, बाँके र चितवनबाट लागूऔषधसहित २७ जनालाई पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका-१६ बाइपासकी ५३ वर्षीया शान्ती नगरकोटीसँग डाइजेपाम, बुप्रेनोर्फिन, प्रमोथाजाइनका १७-१७ एम्पुल र रु २,२६,८५० बरामद भयो।

नवलपरासीपूर्व देवचुली-२ सिजी अगाडिबाट दुई जनालाई डाइजेपामका ४१, बुप्रेनोर्फिनका ४० र फेनारगनका ३९ एम्पुलसहित पक्राउ गरियो।

सिन्धुली दुधौली-९ श्रीमन पेट्रोपम्प नजिकबाट ४४.३४ ग्राम खैरो हेरोइनसहित तीन जना पक्राउ परे।

सुनसरी धरान-१६ बाट पाँच, दुहबी-५ बाट एक र इटहरी-५ बाट एक जना पक्राउ परे।

झापा मेचीनगर-६ पुरानो मेचीपुलबाट २.४९ ग्राम खैरो हेरोइनसहित इलाम सूर्योदय-४ का २६ वर्षीय सलमान थापा पक्राउ परे।

पोखरा-८ सृजनाचोक मण्डल खाजा घरबाट १४५.२७ ग्राम खैरो हेरोइन र डिजिटल तराजुसहित ४० वर्षीय चन्देश्वर महतो पक्राउ परे।

भक्तपुर सूर्यविनायक-५ सल्लाघारीबाट लागूऔषधसहित २२ वर्षीय रीतिक प्रजापति पक्राउ परे।

मोरङ विराटनगर-१६ दरैयाबाट ३.८४ ग्राम खैरो हेरोइनसहित ३१ वर्षीय अजय साही, २७ वर्षीय सुमनकुमार साह र २७ वर्षीय अमर साह पक्राउ परे।

विराटनगर-१५ एक नम्बर ढाँटबाट १०.९४ ग्राम खैरो हेरोइनसहित २५ वर्षीय विकास भुजेलसहित दुई जना पक्राउ परे।

तनहुँ म्याग्दे-२ जामुनेबाट दुई, बझाङ जयपृथ्वी-११ बाट एक, बाँके नेपालगञ्ज-१० बाट एक र चितवन इच्छाकामना-५ मुग्लिङबाट दुई जना पक्राउ परे। प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार