काठमाडौं– औषधि व्यवस्था विभागले नवीकरण म्याद समाप्त भएका ५ हजार ३०२ औषधि पसलहरूको प्रमाणपत्र रद्द गरेको छ।
विभागले मंगलबार सूचना जारी गर्दै ५ हजार ३०२ औषधि पसलको प्रमाणपत्र रद्द गरेको हो। विभागले औषधि ऐन, २०३५ को दफा ११ मा गरिएको संशोधित व्यवस्थाअनुसार कारबाही गरेको छ।
ऐनको दफा ११ को उपदफा (५) अनुसार, तोकिएको अवधिभित्र नवीकरण नभएका अनुमतिपत्र स्वतः खारेज हुन्छन्।
विभागले नवीकरण म्याद समाप्त भएका औषधि पसलका दर्ता प्रमाणपत्र स्वतः खारेज भएको जानकारी सरोकारवालालाई गराउन सूचना प्रकाशित गरेको हो।
सूचनामा सञ्चालकहरूलाई प्रमाणपत्रको अवस्था यकिन गर्न, आवश्यक प्रक्रिया पूरा गर्न र कानुन पालना गर्न अनुरोध गरिएको छ।
विभागले २०८३ जेठ २९ गतेसम्म नवीकरण म्याद समाप्त भई स्वतः खारेज भएका पसलहरूको सूची सूचनासँगै संलग्न गरेको छ।
