NM Khabar 3 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

आन्दोलन घोषणा गरेका दुर्गा प्रसाईं पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ। हिन्दु राज्य र राजसंस्था पुनर्स्थापनाको आन्दोलन घोषणा गरेकै दिन उनलाई आइतबार राति घरबाटै नियन्त्रणमा लिइएको हो।
Sanjay Karki
Sanjay Karki
3 August 2026, 8:02 am १ मिनेट पढाइ
आकार:
दुर्गा प्रसाईं पक्राउ
Share:

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ। अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आइतबार राति साढे १० बजे उनकै घरबाट पक्राउ गरेको हो।

प्रसाईंले आइतबार दिउँसो पत्रकार सम्मेलन गरी आन्दोलन घोषणा गरेका थिए। उनले हिन्दु राज्य र राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलनको घोषणा गरेका थिए।

प्रहरीले प्रसाईंमाथि शान्ति सुरक्षा भङ्ग गरेको आरोप लगाएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार