मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

दुर्गा प्रसाईंको घरमा प्रहरीको दोस्रो पटक छापा

व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरीले दोस्रोपटक छापा मारेको छ। शुक्रबार पुगेको प्रहरी टोली शनिबार पुनः प्रसाईंको निवासमा पुगेको हो। प्रहरीले यो कारबाहीको कारणबारे भने कुनै जानकारी दिएको छैन।
Sanjay Karki
संवाददाता
१ मिनेट पढाइ
आकार:
दुर्गा प्रसाईं प्रहरी
Share:
१६३

व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरीले पुनः छापा मारेको छ। शुक्रबार एकपटक घरमा पुगेर फर्किएको प्रहरी टोली शनिबार दिउँसो पुनः प्रसाईंको निवासमा पुगेको हो।

प्रहरी किन बारम्बार प्रसाईंको घरमा पुगेको भन्ने विषयमा प्रहरीले कुनै आधिकारिक जानकारी दिएको छैन। भक्तपुर प्रहरी परिसरका प्रवक्ता डिएसपी दीपककुमार कार्कीले यस विषयमा थप खुलाउन चाहेनन्।

दुर्गा प्रसाईं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक हुन्। उनकै आह्वानमा मधेसका विभिन्न जिल्लाबाट मिटरब्याज पीडित, सहकारी र लघुवित्तका समस्यामा परेका व्यक्तिहरू तथा सुकुम्वासीहरू काठमाडौंमा आन्दोलनका लागि भेला भएका थिए।

Sanjay Karki

Sanjay Karki

संवाददाता

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार