मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

आर्थिक सर्वेक्षण: व्यापार घाटा ११.२% बढ्दा शोधनान्तर बचत ६ खर्ब ५८ अर्ब

चालु आर्थिक वर्षको फागुनसम्म व्यापार घाटा ११.२% बढेर १० खर्ब ९८ अर्ब १४ करोड पुगेको छ। निर्यात २०.८% ले बढेर १ खर्ब ९१ अर्ब पुगे पनि आयात १२.५% ले बढेर १२ खर्ब ८९ अर्ब पुगेको छ। शोधनान्तर स्थिति ६ खर्ब ५८ अर्ब ३५ करोडले बचतमा रहेको छ भने विदेशी विनिमय सञ्चिति २३ अर्ब अमेरिकी डलर पुगेको छ।
NM Khabar
१ मिनेट पढाइ
आकार:
Share:
२३२

चालु आर्थिक वर्षको फागुनसम्म मुलुकको कुल वस्तु व्यापार घाटा ११.२ प्रतिशतले वृद्धि भई १० खर्ब ९८ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो घाटा ६.२ प्रतिशतले बढेको थियो।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार आव २०८२/८३ को फागुनसम्म कुल वस्तु निर्यात २०.८ प्रतिशतले वृद्धि भई एक खर्ब ९१ अर्ब ११ करोड पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यात ५७.२ प्रतिशतले वृद्धि भई एक खर्ब ५८ अर्ब १७ करोड पुगेको थियो।

सोही अवधिमा कुल वस्तु आयात १२.५ प्रतिशतले वृद्धि भई १२ खर्ब ८९ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आयात ११.२ प्रतिशतले बढेको थियो।

चालु आर्थिक वर्षको फागुनसम्म कुल वैदेशिक व्यापार १३.५ प्रतिशतले बढेर १४ खर्ब ८० अर्ब ३६ करोड पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कुल वैदेशिक व्यापार १५.३ प्रतिशतले बढेर १३ खर्ब तीन अर्ब ७४ करोड रहेको थियो।

यस अवधिमा निर्यात–आयात अनुपात १४.८ प्रतिशत पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो अनुपात १३.८ प्रतिशत रहेको थियो।

चालु आर्थिक वर्षको फागुनसम्म मुलुकको शोधनान्तर स्थिति ६ खर्ब ५८ अर्ब ३५ करोडले बचतमा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो बचत तीन खर्ब १० अर्ब ३७ करोड थियो। अमेरिकी डलरमा गत आर्थिक वर्षको सोही अवधिमा दुई अर्ब २९ करोडले बचतमा रहेको शोधनान्तर स्थिति चालु आर्थिक वर्षको फागुनसम्म चार अर्ब ६१ करोडले बचतमा रहेको छ।

२०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति २०८२ फागुन मसान्तमा २७.५ प्रतिशतले वृद्धि भई ३४ खर्ब तीन अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। यसमा १८.३ प्रतिशतले वृद्धि भई २३ अर्ब आठ करोड अमेरिकी डलर पुगेको छ।

चालु आर्थिक वर्षको फागुनसम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.४ महिनाको वस्तु आयात धान्न पर्याप्त छ।

चालु आर्थिक वर्षको फागुनसम्म कुल प्रत्यक्ष वैदेशिक लगानी २७.९ प्रतिशतले वृद्धि भई १० अर्ब ८४ करोड पुगेको छ। विदेशी लगानीकर्ताले लगानी/लाभांश बापत पाँच अर्ब ७२ करोड फिर्ता लगेका छन्। यसले खुद वैदेशिक लगानी ६.९ प्रतिशतले घटेर पाँच अर्ब ११ करोड रुपैयाँ कायम भएको छ।

NM Khabar

NM Khabar

संवाददाता · NM Khabar

NM Khabar का आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष समाचारको लागि हामीलाई पछ्याउनुहोस्।

सम्बन्धित समाचार