NM Khabar 1 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

निर्वाचन आयोगले आज दलहरूसँग निर्वाचन कानुनको मस्यौदामा छलफल गर्ने

निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग निर्वाचन कानुन संशोधन र एकीकरणको विधेयक मस्यौदामा छलफल गर्दैछ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार छलफल बिहान साढे ११ बजे सुरु हुनेछ। सातवटा ऐन एकीकृत गरी बनेको विधेयक गृह मन्त्रालयबाट फर्किएपछि आयोगले यो कदम चालेको हो।
Laxmi Bhattarai
Laxmi Bhattarai
11 May 2026, 7:32 am १ मिनेट पढाइ
आकार:
Share:

निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग निर्वाचन कानुन संशोधन र एकीकरणको विधेयक मस्यौदामा छलफल गर्दैछ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार छलफल बिहान साढे ११ बजे सुरु हुनेछ। शिलापत्रले भने दिउँसो साढे १२ बजे छलफल हुने उल्लेख गरेको छ।

आयोग स्रोतका अनुसार सातवटा ऐनलाई एकीकृत गरी २०८० असार १८ गते विधेयकको मस्यौदा सरकारलाई पठाइएको थियो। उक्त विधेयक लामो समय गृह मन्त्रालयमा थन्कियो, जहाँ केही परिमार्जनको गृहकार्य भयो। तर, संसद् विघटनपछि गृह मन्त्रालयले विधेयक पुनः आयोगमा फर्कायो।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार