मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

विद्युतीय गाडी आयातमा १ अर्ब ३८ करोड राजस्व छली: महालेखाको प्रतिवेदन

चीनबाट आयात भएका विद्युतीय सवारी साधनमा १ अर्ब ३८ करोडभन्दा बढी राजस्व छली भएको महालेखापरीक्षकको प्रतिवेदनले औंल्याएको छ। सवारी साधनको मोटर पावरको विवरण फरक पारेर भन्सार र अन्तःशुल्क छलिएको छ।
Sunita Rai
अर्थ संवाददाता
१ मिनेट पढाइ
आकार:
Share:
२०१

चीनबाट आयात भएका आधा दर्जनभन्दा बढी विद्युतीय सवारी साधनका आपूर्तिकर्ताले मोटर पावरको विवरण फरक पारेर १ अर्ब ३८ करोड ९ लाख ४३ हजार रुपैयाँ राजस्व छली गरेका छन्। महालेखापरीक्षक कार्यालयको ६३औँ प्रतिवेदनले यस्तो तथ्य सार्वजनिक गरेको हो।

भन्सार महसुल ऐन, २०८१ को अनुसूची ३ अनुसार विद्युतीय सवारीसाधनको पिक मोटर पावरका आधारमा २० र ३० प्रतिशत भन्सार शुल्क तथा १५ र २० प्रतिशत अन्तःशुल्क लाग्छ। केही आपूर्तिकर्ताले बिलबिजकमा सवारी साधनको पिक पावर क्षमताभन्दा फरक विवरण उल्लेख गरी भन्सार र अन्तःशुल्क छलेको महालेखाले औंल्याएको छ।

यो छली अनएसेम्बल्ड र ऐसेम्बल्ड दुवै प्रकारका सवारी साधनमा भएको प्रतिवेदनमा उल्लेख छ।

महालेखाको प्रतिवेदनले डिपल, ज्याक्व जे ६, एभटर ११ र एक्स पिङ मोडेलका सवारी साधनमा १ अर्ब १० करोड ९ लाख ४३ हजार रुपैयाँ राजस्व छली भएको अनुमान गरेको छ।

त्यस्तै, डोङफेङ सवारी साधनको आयातमा १७ करोड ४१ लाख २९ हजार र एक्स ३० एलईभी प्यासेन्जर भ्यानको आयातमा ९ करोड ८० लाख ५१ हजार रुपैयाँ राजस्व छली भएको भन्दै यकिन गरी असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

Sunita Rai

Sunita Rai

अर्थ संवाददाता

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार