NM Khabar 26 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ईयू राजदूत र मिसन प्रमुखसँग प्रधानमन्त्री बालेनको भेटवार्ता

युरोपेली संघ (ईयू)मा आबद्ध देशका राजदूत र मिसन प्रमुखहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको छ। नेपाललाई अतिकम विकसित देशको सूचीमा यथावत राख्न र हवाई सुरक्षा कालोसूचीबाट हटाउन पहल गरिने बुझिएको छ।
NM Khabar
NM Khabar
26 May 2026, 11:32 am १ मिनेट पढाइ
आकार:
Share:

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार युरोपेली संघ (ईयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग भेटवार्ता गरेका छन्। यो भेट संयुक्त कार्यक्रम अन्तर्गत भएको हो।

प्रधानमन्त्री शाहले राजदूत र मिसन प्रमुखहरूलाई नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराए। उनले द्विपक्षीय सम्बन्ध सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले बताइन्।

भेटमा नेपाललाई अतिकम विकसित देशको सूचीमा यथावत राख्न अन्तर्राष्ट्रिय समर्थन जुटाउने विषयमा छलफल भयो। युरोपेली संघको हवाई सुरक्षा ‘कालोसूची’ बाट नेपाललाई हटाउने विषयमा पनि पहल गरिने बुझिएको छ। यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरेका थिए।

NM Khabar

NM Khabar

संवाददाता · NM Khabar

NM Khabar का आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष समाचारको लागि हामीलाई पछ्याउनुहोस्।

सम्बन्धित समाचार