मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

संघीय संसद्को बजेट अधिवेशन सुरु: राष्ट्रपतिबाट नीति तथा कार्यक्रम पेस

संघीय संसद्को बजेट (बर्खे) अधिवेशन सोमबारदेखि सुरु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गर्ने कार्यक्रम छ। यसअघि प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठक बस्नेछन्।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
Share:
२३०

संघीय संसद्को बजेट (बर्खे) अधिवेशन सोमबारदेखि सुरु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम पेस गर्ने कार्यक्रम छ। यसअघि दिउँसो २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका छुट्टाछुट्टै बैठक बस्नेछन्।

राष्ट्रपति पौडेलले दिउँसो ४ बजे संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नेछन्। बैठकमा अधिवेशन आह्वानसम्बन्धी पत्रबारे जानकारी दिइनेछ। मन्त्रिपरिषद् हेरफेरबारे राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे पनि सदनलाई अवगत गराइनेछ।

प्रतिनिधिसभा बैठकमा सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको मनोनयन हुनेछ। नियमावली, २०७९ को नियम २६० बमोजिम जारी बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेस हुनेछ। नियमावलीको मस्यौदा पनि पेस गरिनेछ।

सरकारले जारी गरेका आठ अध्यादेश संसद्मा पेस हुनेछन्। यसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ र ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३’ समावेश छन्। राष्ट्रियसभा बैठकमा पनि यी अध्यादेश पेस हुनेछन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार