NM Khabar 17 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

संघीय संसद्का दुवै सदनमा आज विधेयकमाथि छलफल

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभामा खानी, बाल अधिकार, मानव बेचबिखन र राहदानी सम्बन्धी विधेयकमाथि छलफल हुनेछ । राष्ट्रियसभामा सङ्क्रामक पशु रोग नियन्त्रण विधेयकमाथि छलफल हुनेछ ।
Laxmi Bhattarai
Laxmi Bhattarai
17 August 2026, 6:32 am १ मिनेट पढाइ
आकार:
संसद् बैठक विधेयक
Share:

सिंहदरबारमा आज अपराह्न १ बजे बस्ने प्रतिनिधिसभा बैठकले विभिन्न विधेयकमाथि छलफल गर्नेछ । सभामुख देवराज घिमिरेले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन् । मन्त्री बादीले नै ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछिन् ।

परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

राष्ट्रियसभाको बैठक १:१५ बजे बस्नेछ । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।

यसैबीच, प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान १० बजे बस्दैछ । बजारमा चिनीको सहज आपूर्तिका विषयमा सरोकारवालाहरूसँग छलफल हुनेछ । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र सचिवलाई बोलाइएको छ ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार