NM Khabar 9 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

संघीय संसद्का दुवै सदनमा आज विधेयक र कार्यसूची प्रस्तुत

संघीय संसद्का दुवै सदनको बैठक आज अपराह्न १ बजे बस्दैछ। प्रतिनिधिसभामा कानुन आयोग र मेलमिलापसम्बन्धी संशोधन विधेयक प्रस्तुत हुनेछ भने राष्ट्रियसभामा विशेष सेवा ऐनबारे छलफल हुनेछ।
Laxmi Bhattarai
Laxmi Bhattarai
9 September 2026, 6:02 am १ मिनेट पढाइ
आकार:
संघीय संसद् बैठक
Share:

संघीय संसद्का दुवै सदनको बैठक आज अपराह्न १ बजे बस्दैछ। सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन्।

कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव’ पनि सभासमक्ष पेस गर्नेछिन्। यसैगरी, ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्ताव’ सभामा पेस गरिने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

अपराह्न १ः१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ सम्बन्धी समितिको प्रतिवेदन पेस हुनेछ। विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले उक्त प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ।

राष्ट्रियसभा बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनेछन्। यसैबीच, आज अर्थ समिति र उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि बस्दैछ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार