वैदेशिक रोजगार विभागले एकैदिन १८ नयाँ मुद्दा दर्ता गरेको छ। २९ जना विरुद्ध पक्राउको तयारी छ।
मुद्दा तथा अनुसन्धान शाखाले ११ मुद्दामा मिलापत्र गराएको छ। ५ जनालाई पक्राउ गरी उपस्थित गराइएको छ। १३ जना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ। १६ जनाका लागि पक्राउ अनुमति लिइएको छ।
संस्था दर्ता शाखाले ५२ म्यानपावर कम्पनीको नवीकरण गरेको छ। ९ तालिम प्रदायक संस्थाको पनि नवीकरण भएको छ। संस्था अनुगमन शाखाले २ राहदानी वितरण गर्यो। १ म्यानपावर कम्पनीलाई पत्राचार गरियो। ३ उजुरी निवेदन प्राप्त भएकामा एउटा मिलापत्र भयो। ६ उजुरी टेलिफोनबाट समाधान गरियो।
सेवाग्राहीका गुनासो समाधानमा विभागले तीव्रता दिएको छ। ‘हेलो सरकार’ पोर्टलका ७ गुनासो मध्ये ४ समाधान भए। ३ गुनासो प्रक्रियामा छन्। कल सेन्टरका ७१ गुनासो सोही दिन समाधान गरिए। मन्त्रालयका १० गुनासोमा पत्रमार्फत जानकारी दिइयो।
