मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

परराष्ट्रमन्त्री खनालको चीन भ्रमण तयारी, भारत भ्रमण उपलब्धिमूलक

परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने भएका छन्। मन्त्रालयले भ्रमणको आन्तरिक तयारी भइरहेको जनाएको छ। हालै सम्पन्न भारत भ्रमण उपलब्धिमूलक रहेको र द्विपक्षीय वार्ता सौहार्दपूर्ण भएको मन्त्री खनालले बताए।
Bikram Magar
अन्तर्राष्ट्रिय संवाददाता
१ मिनेट पढाइ
आकार:
परराष्ट्रमन्त्री चीन भ्रमण
Share:
२३३

परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी मुलुक चीनको भ्रमण गर्ने भएका छन्। परराष्ट्र मन्त्रालयले भ्रमणको आन्तरिक तयारी भइरहेको र भ्रमण तालिकाबारे छिट्टै जानकारी गराइने जनाएको छ।

वर्तमान सरकार गठन भएपछि मन्त्री खनालले हालै तीन दिने भारतको औपचारिक भ्रमण सम्पन्न गरेका थिए। सो भ्रमण प्रभावकारी र उपलब्धिमूलक रहेको उनले बताए। भारतीय समकक्षीसँग द्विपक्षीय हितका विविध विषयमा सौहार्दपूर्ण वार्ता भएको उनको भनाइ छ।

मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खनालले राष्ट्रिय हितका विषयमा सरकार, राजनीतिक दललगायत राज्यका सबै निकाय र सञ्चार क्षेत्र एकमत हुनुपर्नेमा जोड दिए। उनले परराष्ट्रसम्बन्धी सूचना सम्प्रेषणमा संवेदनशील हुन पनि आग्रह गरे।

मन्त्री खनालले विदेशस्थित नेपाली नियोगहरूको स्तरोन्नती गर्ने, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानलाई सशक्त बनाउने, लुम्बिनी फेलोसिप कार्यक्रम सुरु गर्ने, भू-रणनीतिक सम्मेलन आयोजना गर्ने र राहदानीको बायोमेट्रिकमा देखिएका चुनौती समाधान गर्ने जस्ता योजनाबारे जानकारी गराए।

कार्यक्रममा मन्त्रालयका सचिव अमृतबहादुर राईले वर्तमान सरकार आर्थिक समृद्धि र सुशासनका लागि प्रतिबद्ध रहेको बताए। प्रवक्ता एवं सहसचिव लोकबहादुर पौडेल क्षेत्रीले मन्त्रालयका कामकारबाहीबारे जानकारी गराएका थिए।

Bikram Magar

Bikram Magar

अन्तर्राष्ट्रिय संवाददाता

विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्‍याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।

सम्बन्धित समाचार