मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

परराष्ट्रमन्त्री खनाल र वाङ यीबीच बेइजिङमा द्विपक्षीय वार्ता: कनेक्टिभिटीदेखि सीमासम्म छलफल

परराष्ट्रमन्त्री शिशिर खनालले चीनका विदेशमन्त्री वाङ यीसँग बेइजिङमा द्विपक्षीय भेटवार्ता गरेका छन्। दुई देशबीच कनेक्टिभिटी, सीमा व्यवस्थापन, व्यापार र प्रविधि हस्तान्तरणका विषयमा छलफल भएको छ।
Bikram Magar
अन्तर्राष्ट्रिय संवाददाता
१ मिनेट पढाइ
आकार:
परराष्ट्रमन्त्री खनाल चीन भ्रमण
Share:
१९९

परराष्ट्रमन्त्री खनाल र वाङ यीबीच बेइजिङमा द्विपक्षीय वार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ समकक्षी वाङ यीबीच सोमबार बेइजिङमा प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय भेटवार्ता भएको छ। चीनको चारदिने औपचारिक भ्रमणमा रहेका मन्त्री खनाल र वाङबीचको भेटमा द्विपक्षीय सम्बन्धका सम्पूर्ण आयामबारे व्यापक छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

सो अवसरमा दुई पक्षबीच सम्पर्क सञ्जाल (कनेक्टिभिटी), सीमा व्यवस्थापन, व्यापार, प्रविधि हस्तान्तरण तथा बहुपक्षीय सहकार्यका क्षेत्रमा छलफल भएको थियो।

मन्त्री खनालले चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समितिको अन्तरराष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङसँग पनि भेटवार्ता गरेका छन्। मन्त्री खनालले सामाजिक सञ्जाल एक्समार्फत नेपाल–चीन सम्बन्ध सुदृढ पार्ने विषयमा छलफल भएको जानकारी दिएका छन्।

नेताद्वयबीच रास्वपा र सिपिसी सहकार्य तथा दुवै देशका जनताबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको थियो। मन्त्री खनाल आइतबारदेखि चीन भ्रमणमा छन्।

Bikram Magar

Bikram Magar

अन्तर्राष्ट्रिय संवाददाता

विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्‍याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।

सम्बन्धित समाचार