बेलायतमा एक पूर्व शिक्षिका डेबोरा फ्र्यांकलिनलाई १० वर्षीय छात्रमाथि वर्षौंसम्म यौन दुर्व्यवहार गरेको अभियोगमा सात वर्षको जेल सजाय सुनाइएको छ। सेन्ट अल्बान्स क्राउन कोर्टले फ्र्यांकलिनलाई सन् १९९१ देखि १९९५ सम्म आठ पटक गम्भीर अश्लील गतिविधि गरेको ठहर गर्दै सजाय सुनाएको हो।
६५ वर्षीया फ्र्यांकलिनले ती बालकलाई नौ वर्षको हुँदा पढाएकी थिइन् र पछि निजी शिक्षिका समेत बनिन्। परिवारले ट्युसनका लागि उनलाई कोठामा जान दिएको थियो, तर अदालतमा पीडितले शिक्षकको भूमिकाको दुरुपयोग गरी आफूमाथि यौन दुर्व्यवहार भएको बताएका छन्। पीडितका अनुसार, फ्र्यांकलिनले उनलाई ओछ्यानमा बाँध्ने, आँखामा पट्टी लगाउने र प्वाँखले गुदगुदी गर्ने जस्ता गतिविधि गर्थिन्।
पीडितले अदालतमा फ्र्यांकलिनले आफूलाई ‘प्रेमीको जस्तो व्यवहार’ गर्ने गरेको र उनीहरूबिच धेरै पटक यौन सम्पर्क भएको बताएका छन्। घटना भएको लामो समयपछि, सन् २०२४ मा पीडितले फ्र्यांकलिन अझै शिक्षण पेसामा रहेको थाहा पाएपछि प्रहरीमा उजुरी गरेका थिए।
फ्र्यांकलिनले भने सबै आरोप अस्वीकार गर्दै आफूलाई ती छात्रलाई पढाएको समेत राम्रोसँग याद नभएको दाबी गरेकी थिइन्। यद्यपि, जुलाई २९, २०२६ मा निर्णायक मण्डलले उनलाई आठवटै अभियोगमा दोषी ठहर गरेको थियो।
विश्वासको गम्भीर दुरुपयोग
सजाय सुनाउने क्रममा न्यायाधीश कामरान चौधरीले फ्र्यांकलिनले शिक्षकका रूपमा पाएको विश्वासको गम्भीर दुरुपयोग गरेको बताए। उनले बालकलाई मार्गदर्शन गर्नुपर्ने शिक्षिकाले आफ्नो पदको दुरुपयोग गरेको टिप्पणी गरे। न्यायाधीशले फ्र्यांकलिनमा
