NM Khabar 29 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

जबरजस्ती करणीका फरार कैदी रुपन्देहीबाट पक्राउ, १७ वर्ष सजाय बाँकी

• जबरजस्ती करणी मुद्दामा २५ वर्ष कैद सजाय पाएका कैदी पुरुषोत्तम पहारी रुपन्देहीबाट पक्राउ परेका छन्। • उनी १७ वर्ष ७ महिना कैद भुक्तान गर्न बाँकी छँदा २०८२ भदौ २४ गते कारागारबाट फरार भएका थिए। • केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रुपन्देहीको सिद्धार्थनगरबाट उनलाई पक्राउ गरेको हो।
Kamala Devi
Kamala Devi
29 August 2026, 4:35 pm १ मिनेट पढाइ
आकार:
फरार कैदी पक्राउ
Share:

जबरजस्ती करणी मुद्दामा २५ वर्ष कैद सजाय तोकिएका कैदी पुरुषोत्तम पहारीलाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको छ। उनी सुन्धारास्थित कारागार कार्यालय जगन्नाथदेवलबाट फरार भएका थिए।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले ललितपुरका २९ वर्षीय पहारीलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९, बुद्धचोकबाट पक्राउ गरेको हो। पहारी २०७५ असोज १४ गतेदेखि कारागारमा थिए।

उनी २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका थिए। पक्राउ हुँदा उनी १७ वर्ष ७ महिना कैद भुक्तान गर्न बाँकी थियो।

रूपन्देहीमा लुकिछिपी बसिरहेको सूचनाको आधारमा सीआईबीले उनलाई २०८३ भदौ १३ गते पक्राउ गरेको हो। पक्राउ परेका पहारीलाई आवश्यक प्रक्रिया पूरा गरी कारागार कार्यालय रुपन्देहीमा बुझाइएको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार