मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

गण्डकी प्रदेशमा गाँजा विधेयक प्रमाणीकरण: औषधिजन्य र औद्योगिक प्रयोगको बाटो खुल्यो

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन गर्ने विधेयक प्रमाणीकरण गरेका छन्। यसअघि संघीय कानुनसँग बाझिएको भन्दै फिर्ता भएको विधेयक प्रदेश सभाले संशोधन नगरी पुनः पारित गरेको थियो।
Laxmi Bhattarai
१ मिनेट पढाइ
आकार:
गाँजा विधेयक गण्डकी
Share:

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने विधेयक प्रमाणीकरण गरेका छन्। प्रदेश प्रमुखको कार्यालयका अनुसार सोमबार संविधानको धारा २०१ को उपधारा ४ बमोजिम विधेयक प्रमाणीकरण भएको हो।

प्रदेश सभाले पहिलो पटक असार २५ गते यो विधेयक पारित गरेको थियो। असार ३० गते प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पुगेको विधेयक संघीय कानुनसँग बाझिएको भन्दै पुनर्विचारका लागि सन्देशसहित प्रदेश सभामा फिर्ता पठाइएको थियो।

प्रदेश सभाले भने विधेयकमा कुनै संशोधन नगरी साउन १५ गते जस्ताको तस्तै पुनः पारित गरी प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पठाएको थियो। प्रदेश सभाले आफ्नो अधिकार क्षेत्रभित्र रही विधेयक निर्माण गरिएको निष्कर्ष निकालेको थियो।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार