NM Khabar 22 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

गरिमा हत्या प्रकरण: दोषीलाई उन्मुक्ति नदिई कडा कारबाहीको माग

बाराको सिमरामा बलात्कारपछि विभत्स हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरी प्रकरणमा नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। उनले यो घटना राज्य, समाज र न्याय प्रणालीमाथि गम्भीर प्रश्न भएको बताएका छन्।
Maya Thapa
Maya Thapa
22 August 2026, 7:32 am १ मिनेट पढाइ
आकार:
गरिमा चौधरी हत्या
Share:

बाराको सिमरामा बलात्कारपछि विभत्स हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरी प्रकरणमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोषीलाई उन्मुक्ति नदिई कडा कारबाहीको माग गरेका छन्। उनले यो घटनालाई हृदयविदारक र स्तब्ध पार्ने जघन्य अपराध भन्दै यस्ता घटना कुनै पनि सभ्य समाजका लागि स्वीकार्य नहुने बताएका छन्।

‘बाराको सिमरामा बलात्कारपछि बिभत्स रूपमा हत्या गरिएकी तीन वर्षीया अबोध बालिका गरिमा चौधरीको हृदयविदारक घटनाले हामी सबैलाई स्तब्ध र आक्रोशित बनाएको छ। यस्ता जघन्य अपराध कुनै पनि सभ्य र संवेदनशील समाजका लागि कदापि स्वीकार्य हुन सक्दैनन्,’ प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्।

गरिमाका लागि न्याय माग्दै काठमाडौंको माइतीघर मण्डलासहित देशका विभिन्न स्थानमा युवाहरूले उठाएको आवाजप्रति पूर्ण ऐक्यबद्धता रहेको पनि उनले बताएका छन्।

प्रचण्डले गरिमामाथि भएको अपराध एउटा परिवारमाथिको पीडा मात्र नभई राज्य, समाज र न्याय प्रणालीमाथि नै गम्भीर प्रश्न भएको उल्लेख गरेका छन्। छोरीहरूलाई भयमुक्त वातावरणमा बाँच्न, सुरक्षित हुन र आफ्नो भविष्य निर्माण गर्न पाउने अधिकार सुनिश्चित गर्नु राज्यको सर्वोच्च दायित्व भएको उनको भनाइ छ।

‘गरिमामाथिको अपराध केवल एउटा परिवारमाथिको पीडा होइन, यो हाम्रो राज्य, समाज र न्याय प्रणालीलाई नै गम्भीर प्रश्न हो,’ उनले भने, ‘हाम्रा छोरीहरू भयमुक्त वातावरणमा बाँच्न, सुरक्षित हुन र आफ्नो भविष्य निर्माण गर्न पाउने अधिकार सुनिश्चित गर्नु राज्यको सर्वोच्च दायित्व हो।’

उनले घटनाको निष्पक्ष, शीघ्र र प्रभावकारी अनुसन्धान गरी अपराधमा संलग्न दोषीलाई कुनै पनि दबाब, प्रभाव वा पहुँचको आडमा उन्मुक्ति नदिई कडा कानुनी कारबाही गर्न सरकारसँग जोडदार माग गरेका छन्।

Maya Thapa

Maya Thapa

संवाददाता · NM Khabar

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

सम्बन्धित समाचार