उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको विवादास्पद अभिव्यक्तिका कारण एलपी ग्यास उद्योगीहरू आक्रोशित बनेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले व्यवसायीहरूसँग छलफल गरेको छ। प्रधानमन्त्री बालेन शाहको सचिवालयले सोमबार वा मंगलबार व्यवसायीहरूलाई बोलाएर विवाद समाधान र ग्यास आपूर्ति सहज बनाउने विषयमा छलफल गरेको हो।
नेपाल एलपी ग्यास उद्योग संघका एक पदाधिकारीले प्रधानमन्त्री कार्यालयले ग्यासको विषयमा छलफलमा बोलाएको र आफूहरू सहभागी भई आएको बताए। उनले छलफल सकारात्मक रहेको र ग्यास आपूर्तिमा सहजता ल्याउने विषयमा कुराकानी भएको जानकारी दिए।
