मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

ग्यास उद्योगको लाइसेन्स खारेजको चेतावनी: उद्योगमन्त्री यादव

उद्योगमन्त्री गौरीकुमारी यादवले ग्यासको कृत्रिम अभाव सृजना गर्ने ५८ वटै उद्योगको लाइसेन्स खारेज गर्ने चेतावनी दिएकी छिन्। जनताले पैसा तिरेर पनि ग्यास नपाउनु देशकै लागि लज्जास्पद भएको उनको भनाइ छ। काठमाडौँका लागि पठाइएका ग्यास सिलिन्डर बाटैबाट हराउने गरेको पनि उनले बताइन्।
Sunita Rai
अर्थ संवाददाता
१ मिनेट पढाइ
आकार:
ग्यास उद्योग लाइसेन्स खारेज
Share:
१०४

खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सृजना गरी राज्यलाई अटेरी गर्ने ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्ने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बताएकी छिन्। संघीय संसदको उद्योग समितिको बैठकमा बोल्दै मन्त्री यादवले जनताले पैसा तिरेर पनि ग्यास नपाउनु लज्जास्पद भएको बताइन्। ग्यास उद्योगीहरूले सरकार र नेपाल आयल निगमलाई नटेरेको आरोप उनले लगाइन्।

पटकपटकको निर्देशनलाई अटेर गरी सरकारलाई असहयोग गर्ने उद्योगहरूको लाइसेन्स आवश्यक परेमा खारेज गर्नुपर्ने धारणा मन्त्री यादवले राखिन्। अब नेपाल आयल निगम आफैँले ग्यास उद्योग सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याइन्।

काठमाडौँका लागि पठाइएका ग्यास सिलिन्डर बजारमा नपुग्दै बाटैबाट हराउने गरेको विषयमा समेत उनले चिन्ता व्यक्त गरिन्।

Sunita Rai

Sunita Rai

अर्थ संवाददाता

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार