NM Khabar 8 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

जेनजी आन्दोलनपछि फरार ३६०५ कैदी अझै सम्पर्कविहीन

जेनजी आन्दोलनपछि ३,६०५ कैदीबन्दी अझै फरार छन्। फरार हुनेमा गम्भीर अपराधमा सजाय पाएका कैदीसमेत छन्। प्रहरीले देशभर फरार कैदीको खोजी अभियान जारी राखेको छ।
Sanjay Karki
Sanjay Karki
8 September 2026, 7:33 pm १ मिनेट पढाइ
आकार:
फरार कैदी
Share:

जेनजी आन्दोलनका क्रममा देशभरका कारागारबाट भागेका ३ हजार ६०५ कैदीबन्दी अझै सम्पर्कविहीन छन्। गम्भीर तथा जघन्य अपराधमा सजाय भोगिरहेका कैदीसमेत फरार रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ।

गत २४ भदौमा भएको आन्दोलनका क्रममा १३ हजार ५८५ कैदीबन्दी फरार भएका थिए। तीमध्ये ९ हजार ९७५ जना कारागार फर्किसकेका छन्। पाँच फरार कैदीको मृत्यु भएको विवरण विभागसँग छ।

नेपाल प्रहरीले देशभर फरार कैदीको खोजी अभियान चलाइरहेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले कास्की कारागारबाट भागेका हरिबहादुर गुरुङलाई पक्राउ गर्‍यो। बलात्कार मुद्दामा १४ वर्ष कैद सजाय पाएका गुरुङ रूपा गाउँपालिका–७, धारापानीबाट पक्राउ परेका हुन्।

प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार फरार कैदीको खोजी निरन्तर छ। केही फरार कैदी जेलबाट भागेपछि पुनः आपराधिक गतिविधिमा संलग्न भएको अवस्थामा पक्राउ परेका छन्।

कारागार व्यवस्थापन विभागले फरार कैदीहरूको विवरण अद्यावधिक गरी स्थानीय तहदेखि राज्यका सबै निकायमा पठाएको छ। उनीहरूको खोजी, पहिचान र पक्राउका लागि सबै निकायबीच समन्वय गर्न विभागले आग्रह गरेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार