राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा ४९ चर्चित व्यक्तिमाथि थप छानबिन गर्न सिफारिस गरेको छ। आयोगको प्रतिवेदनले आन्दोलनका बेला सार्वजनिक अभिव्यक्तिले प्रदर्शनमा पारेको प्रभावबारे थप अध्ययन आवश्यक औंल्याएको छ।
प्रतिवेदनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश कार्की, सुलभ खरेल, बब्लु गुप्ता, डा. तोसिमा कार्की, मनिष झा, हरि ढकाल लगायतका नाम समावेश छन्।
अन्य सार्वजनिक व्यक्तित्वतर्फ सिसन बानियाँ, निश्चल बस्नेत, रवि किरण हमाल, भाग्य न्यौपाने, दुर्गा प्रसाईं, हिमानी राज्य लक्ष्मी सिंहको नाम पनि प्रतिवेदनमा छ।
आयोगले यी व्यक्तिहरूको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिकाबारे विस्तृत अनुसन्धान आवश्यक रहेको जनाएको छ।
जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि समेत छानबिन गर्नुपर्ने सिफारिस छ। आन्दोलनका क्रममा गोली चलाउने सुरक्षाकर्मीहरूमाथि समेत सूक्ष्म अनुसन्धान गरी कारबाही गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।
