काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका वडा नं. २, ३ र ४ मा बर्ड फ्लु पुष्टि भएको छ। नगरपालिकाले सोमबार सूचना जारी गरी प्रभावित क्षेत्रका पन्छी र आहारा नष्ट गरी संक्रमण नियन्त्रणको कार्य तीव्र पारेको छ। नगरपालिकाले उच्च सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ।
जल तथा मौसम विज्ञान विभागले मंगलबार ११ जिल्लामा हावाहुरी चल्ने सम्भावना रहेको बताएको छ। कोशी प्रदेशका झापा र मोरङ, मधेश प्रदेशका बारा, पर्सा, सर्लाही र धनुषा, बागमती प्रदेशका मकवानपुर र चितवन, गण्डकी प्रदेशका नवलपुर र तनहुँ तथा लुम्बिनी प्रदेशका रुपन्देही लगायतका जिल्लाहरू प्रभावित हुनेछन्।
हावाहुरीले छाना उडाउने, रुख र बिजुलीका पोल ढल्ने जोखिम रहेकाले सतर्क रहन विभागले आग्रह गरेको छ।
