मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

गोङ्गबुबाट एसएलआर म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई पक्राउ

काठमाडौँको गोङ्गबुस्थित एक गेष्टहाउसबाट प्रहरीले हतियारको म्याग्जिन र गोली बरामद गरेको छ। सप्तरीका दुई युवा खगेन्द्र शर्मा र ओमशंकर गुप्ता पक्राउ परेका छन्। उनीहरूबाट एसएलआरको म्याग्जिन, ४५ राउण्ड गोली र मेटलको नक बरामद भएको छ।
Sanjay Karki
संवाददाता
१ मिनेट पढाइ
आकार:
Share:
२०४

गोङ्गबुबाट प्रहरीले एसएलआर म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले सप्तरी राजविराज नगरपालिका–१३ का २७ वर्षीय खगेन्द्र शर्मा र सोही ठाउँका २२ वर्षीय ओमशंकर गुप्ता पक्राउ परेको पुष्टि गरे। गुप्ता हाल काठमाडौँ महानगरपालिका–३२ नरेफाँटमा बस्दै आएका थिए।

टोखा नगरपालिका–९, गोङ्गबु शिव मन्दिरस्थित काबेली गेष्टहाउसमा जाँच गर्दा प्रहरीले ४५ राउण्ड गोली, एसएलआर म्याग्जिन र मेटलको नक बरामद गरेको हो।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको भट्टराईले बताए।

Sanjay Karki

Sanjay Karki

संवाददाता

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार