सरकारले जेनजी आन्दोलनका घाइते परिवार र सुकुम्बासीलाई लक्षित गरी ट्याक्सी दर्ता खुलाउने
सरकारले लामो समयदेखि बन्द रहेको ट्याक्सी दर्ता जेनजी आन्दोलनका घाइते परिवार र सुकुम्बासीलाई लक्षित गरी खुलाउने तयारी गरेको छ। पूर्वाधार विकास मन्त्रालय स्रोतका अनुसार, सुकुम्बासी बस्तीमा डोजर चलाइएपछि उनीहरुको पुनर्स्थापनाका लागि सरकारले कार्यक्रम ल्याउनुपर्ने आवश्यकता महसुस गरेको छ।
त्यहीअनुसार, सुकुम्बासीहरुलाई प्राथमिकता दिँदै नयाँ ट्याक्सी दर्ता खुलाउने तयारी भइरहेको छ। यसबाट उनीहरुको आर्थिक जीविकोपार्जनमा सहयोग पुग्ने विश्वास लिइएको छ।
यसैबीच, राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भदौ २४ गते जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट बाहिरिएको घटनामा फौजदारी अपराध भएको भन्दै अनुसन्धान गर्न भनेको छ। आयोगले सेनाले सिंहदरबार र राष्ट्रपति भवन जोगाउन सामान्य प्रयास समेत नगरेको निष्कर्ष निकालेको छ।
पूर्वाधार विकास मन्त्रालयले आगामी साताभित्र ट्याक्सी दर्ता खुलाउने सम्बन्धी कार्यविधि अन्तिम रूप दिने तयारी गरिरहेको छ।
