NM Khabar 6 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

हल्दीबारी गाउँपालिकाको निर्देशन: २५ गतेभित्र दर्ता गर व्यवसायी

हल्दीबारी गाउँपालिकाले बजार अनुगमनका क्रममा बिनादर्ता सञ्चालित २० भन्दा बढी व्यवसायलाई २५ गतेभित्र दर्ता गर्न निर्देशन दिएको छ। तोकिएको समयसीमाभित्र प्रक्रिया पूरा नगर्ने व्यवसायीमाथि कारबाही हुनेछ।
Kamala Devi
Kamala Devi
6 August 2026, 9:02 am १ मिनेट पढाइ
आकार:
हल्दीबारी गाउँपालिका निर्देशन
Share:

झापाको हल्दीबारी गाउँपालिकाले बजार अनुगमनका क्रममा हल्दीबारी–४ को बडावारी क्षेत्रका २० भन्दा बढी किराना, हार्डवेयर, कपडा, खाजा घर र सैलुन व्यवसाय बिनादर्ता र आवश्यक कानुनी कागजातबिनै सञ्चालन भइरहेको फेला पारेको छ। गाउँपालिकाले त्यस्ता व्यवसायलाई आगामी २५ गतेभित्र दर्ता गरी आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ।

गाउँपालिकाले मूल्यसूची, होल्डिङ बोर्ड, बिल÷रसिदजस्ता कानुनी कागजातहरू पनि सोही अवधिभित्र पेस गर्न भनेको छ। बुधबार भएको अनुगमनपछि यो निर्देशन जारी गरिएको हो।

गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले बजारलाई व्यवस्थित बनाउने र उपभोक्ता अधिकारको संरक्षण गर्ने उद्देश्यले अनुगमन अभियानलाई निरन्तरता दिइने बताइन्। उनले सबै व्यवसायलाई कानुनी दायरामा ल्याउनु गाउँपालिकाको उद्देश्य रहेको बताइन्।

निर्धारित समयसीमाभित्र दर्ता तथा आवश्यक प्रक्रिया पूरा नगर्ने व्यवसायमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने गाउँपालिकाले जनाएको छ। उपाध्यक्ष मैनालीको नेतृत्वमा भएको अनुगमन टोलीमा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन, गाउँपालिकाका विभिन्न शाखा प्रमुख, सुरक्षाकर्मी र स्थानीय उद्योग वाणिज्य सङ्घका प्रतिनिधिलगायतको सहभागिता थियो।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार