NM Khabar 4 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

गृह मन्त्रालयद्वारा २३ उच्च कर्मचारीको सरुवा, १४ जिल्लाका सीडीओ फेरिए

गृह मन्त्रालयले सहसचिव र उपसचिवसहित २३ जना उच्च पदस्थ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ। यस निर्णयले ११ प्रमुख जिल्ला अधिकारी (सिडिओ), ६ सहसचिव र ४ सहायक सिडिओको जिम्मेवारी हेरफेर भएको छ। झापा, सुर्खेत, बारा, गोरखा लगायतका १४ जिल्लामा नयाँ सीडीओ तोकिएका छन्।
Laxmi Bhattarai
Laxmi Bhattarai
4 September 2026, 7:40 pm १ मिनेट पढाइ
आकार:
कर्मचारी सरुवा
Share:

गृह मन्त्रालयले सहसचिव र उपसचिवसहित २३ उच्च पदस्थ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ। बिहीबारको निर्णयले ११ प्रमुख जिल्ला अधिकारी (सिडिओ), ६ सहसचिव, ४ सहायक प्रमुख जिल्ला अधिकारी र अध्यागमन अधिकृतको जिम्मेवारी हेरफेर गरेको छ।

यो सरुवा तथा पदस्थापनसँगै झापा, सुर्खेत, बारा, गोरखा, रौतहट, दाेलखा, पर्वत लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन्।

गृह मन्त्रालयमा कार्यरत केही सहसचिवलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार