NM Khabar 17 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मानव बेचबिखन रोक्न समयसापेक्ष कानुन र प्रभावकारी संयन्त्र आवश्यक: सांसद भट्टराई

सांसद श्रृष्टी भट्टराईले मानव बेचबिखन रोक्न समयसापेक्ष कानुन र प्रभावकारी संयन्त्रको आवश्यकता औंल्याएकी छिन्। उनले सामाजिक सञ्जाल, झूटो रोजगारी र वैदेशिक रोजगारीको नाममा हुने मानव बेचबिखन तथा शोषण रोक्न कानुनलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएकी छिन्। विदेशमा जोखिममा परेका नागरिकको उद्धार, स्वदेश फिर्ती र उनीहरूको पुनर्स्थापनाका लागि 'र्यापिड रेस्पोन्स टिम' (आरआरटी) गठनको प्रस्ताव गरेकी छिन्।
Sarita Pandey
Sarita Pandey
17 August 2026, 5:03 pm १ मिनेट पढाइ
आकार:
मानव बेचबिखन नियन्त्रण
Share:

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद श्रृष्टी भट्टराईले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, २०८३ माथिको छलफलमा कानुनलाई बदलिँदो समय र अपराधको स्वरूपअनुसार प्रभावकारी बनाउनुपर्ने बताइन्।

उनले यो विधेयक नागरिकको स्वतन्त्रता, सम्मान, सुरक्षा र राज्यप्रतिको विश्वाससँग जोडिएको विषय भएको उल्लेख गरिन्। यसलाई केवल अपराध नियन्त्रण गर्ने कानुनका रूपमा नहेरी पीडितको संरक्षण र अपराधीमाथि कारबाही गर्ने बलियो माध्यम बनाउनुपर्नेमा उनले जोड दिइन्।

सांसद भट्टराईले पुरानो ऐनको समय सकिएको र समाज तथा अपराध गर्ने माध्यम दुवै परिवर्तन भएको बताइन्। मानव बेचबिखन सामाजिक सञ्जालको प्रलोभन, झूटो रोजगारी, वैदेशिक रोजगारीको नाममा हुने ओसारपसार र शोषणका रूपमा देखिएको उनको भनाइ थियो।

विदेशमा बेचिएका, शोषणमा परेका वा जोखिममा रहेका नेपाली नागरिकको उद्धार र स्वदेश फिर्तीमा राज्य अझ जिम्मेवार हुनुपर्ने उनले औंल्याइन्। यसका लागि तत्काल परिचालन हुने र निकायबीच समन्वय गर्ने छरितो संयन्त्रस्वरूप ‘र्यापिड रेस्पोन्स टिम’ (आरआरटी) को व्यवस्था गर्नुपर्ने प्रस्ताव उनले राखिन्।

सांसद भट्टराईले उद्धार मात्र अन्तिम लक्ष्य नभएको स्पष्ट पारिन्। ‘विदेशबाट पीडितको उद्धार गरेपछि राज्यको जिम्मेवारी सकिँदैन। उद्धार त केवल सुरुवात हो। त्यसपछि पीडितलाई कानुनी सहायता, परिवारसँग पुनर्मिलन, सीप र रोजगारीसँगको जोसाइ र आत्मसम्मानका साथ जीवन पुनर्स्थापना गर्ने प्रश्नको उत्तर पनि राज्यसँग हुनुपर्छ,’ उनले भनिन्।

Sarita Pandey

Sarita Pandey

संवाददाता · NM Khabar

सरिता पाण्डे NM खबरकी नीति र शासन संवाददाता हुन्। कानून, संवैधानिक सुधार र सार्वजनिक नीतिका जटिल विषयहरूलाई सरल भाषामा पाठकसमक्ष पुर्‍याउने उनको क्षमता विशेष छ। काठमाडौं स्कूल अफ लबाट कानून पढेकी उनी नियामक मामिला र न्यायपालिकासम्बन्धी रिपोर्टिङमा दक्ष छिन्।

सम्बन्धित समाचार