मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

भारतीय राजदूत श्रीवास्तवको रसुवाको स्याफ्रुबेँसीमा बाढी प्रभावित क्षेत्रको अनुगमन

भारतीय राजदूत नवीन श्रीवास्तव बाढी प्रभावित रसुवाको स्याफ्रुबेँसी पुगेका छन्। उनले चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धार कार्यको अवस्थाबारे जानकारी लिए। भारतीय प्राविधिक टोली नेपाली सेनासँग सहकार्य गर्दै उद्धार कार्यमा जुटिरहेको छ।
Bikram Magar
अन्तर्राष्ट्रिय संवाददाता
१ मिनेट पढाइ
आकार:
भारतीय राजदूत श्रीवास्तव
Share:
११८

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव बाढी प्रभावित रसुवाको स्याफ्रुबेँसी पुगेका छन्। चिलिमे जलविद्युत् आयोजनाको पावरहाउस सुरुङमा फसेका व्यक्तिको उद्धार कार्यबारे जानकारी लिन उनी त्यहाँ पुगेका हुन्। श्रीवास्तवले स्याफ्रुबेँसीमा खटिएको भारतीय प्राविधिक टोलीसँग भेट गरी उद्धारको अवस्थाबारे ‘एक्स’मार्फत जानकारी दिए।

भारतीय प्राविधिक टोली नेपाली सेनासँग सहकार्य गर्दै चिलिमे पावरहाउस सुरुङभित्र फसेका व्यक्तिको उद्धारका लागि सुरुङ खन्ने तथा खोजी कार्यमा जुटिरहेको छ। विशेष उपकरण प्रयोग गरी टोलीले सुरुङभित्र करिब १०० मिटरभन्दा बढी भाग अन्वेषण गरिसकेको छ। थप अगाडि बढ्न भारी उपकरण ल्याउने तयारी भइरहेको छ।

उद्धार कार्य भइरहेको क्षेत्रमा जमिन दलदलजस्तो छ। भू–भागसमेत निकै चुनौतीपूर्ण छ। कठिन भौगोलिक अवस्था र प्रतिकूल परिस्थितिका बाबजुद भारतीय तथा नेपाली टोलीले उद्धार कार्यलाई निरन्तरता दिएका छन्।

Bikram Magar

Bikram Magar

अन्तर्राष्ट्रिय संवाददाता

विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्‍याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।

सम्बन्धित समाचार