NM Khabar 18 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

भारतीय सेनाध्यक्ष जनरल सेठ र प्रधानमन्त्री बालेन शाहबीच भेटवार्ता

भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गरेका छन्। भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको थियो। राष्ट्रपति पौडेलले सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए।
Bikram Magar
Bikram Magar
18 August 2026, 4:02 pm १ मिनेट पढाइ
आकार:
भारतीय सेनाध्यक्ष नेपाल भ्रमण
Share:

नेपाल भ्रमणमा रहेका भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गरेका छन्। मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव सहभागी थिए।

प्रधानमन्त्री एवं रक्षामन्त्री शाहसँगको भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको थियो। सेनाध्यक्ष सेठ चार दिने भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका हुन्।

यसअघि सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए। नेपाल र भारतबीच सन् १९५० देखि एक-अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने ऐतिहासिक परम्परा छ।

सोमबार नै प्रधान सेनापति अशोकराज सिग्देल र सेनाध्यक्ष सेठबीच सैनिक मुख्यालय जङ्गी अड्डामा पनि द्विपक्षीय हितका विषयमा छलफल भएको थियो।

भ्रमणकै क्रममा जनरल सेठले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको पनि भ्रमण गरेका छन्। कलेजमा सञ्चालन भइरहेका विभिन्न गतिविधिबारे जानकारी लिँदै उनले शिक्षार्थी अधिकृतहरूसँग अन्तरक्रिया गरे।

Bikram Magar

Bikram Magar

संवाददाता · NM Khabar

विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्‍याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।

सम्बन्धित समाचार