मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

इन्टरपोल रेड नोटिस फरार व्यक्ति साउदीबाट पक्राउ

ज्यानसम्बन्धी कसुरमा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी अम्मरसिं नेपाली पक्राउ परेका छन्। उनी साउदी अरबबाट नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन्।
Sanjay Karki
संवाददाता
१ मिनेट पढाइ
आकार:
फरार व्यक्ति पक्राउ
Share:
१६३

ज्यानसम्बन्धी कसुरमा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी अम्मरसिं नेपाली साउदी अरबबाट नेपाल आउने क्रममा पक्राउ परेका छन्।

तनहुँ ऋषिङ्ग गाउँपालिका-४ ठेगाना भएका नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार राति पक्राउ गरिएको हो।

अनुसन्धानका क्रममा वारदातपछि फरार रहेका नेपालीविरुद्ध इन्टरपोल महासचिवालयले जेठ २४ गते रेड नोटिस जारी गरेको थियो। एनसीबी काठमाडौँको अनुरोधमा यो सूचना जारी भएको थियो।

उनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइने नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार