NM Khabar 16 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

जानकी प्लास्टिकका सञ्चालक नक्कली पाइप बेचेको आरोपमा पक्राउ

जानकी प्लास्टिक उद्योगका सञ्चालक नवकृष्ण मुरारकालाई प्रहरीले मार्बल कम्पनीको ट्रेडमार्क प्रयोग गरी नक्कली पाइप उत्पादन र बिक्री गरेको आरोपमा पक्राउ गरेको छ।
Kamala Devi
Kamala Devi
16 July 2026, 7:32 pm १ मिनेट पढाइ
आकार:
नवकृष्ण मुरारका पक्राउ
Share:

जनकपुरधाम । जानकी प्लास्टिक उद्योगका सञ्चालक नवकृष्ण मुरारकालाई प्रहरीले नक्कली पाइप उत्पादन र बिक्री गरेको आरोपमा पक्राउ गरेको छ । प्रहरीले उनलाई बिहीबार जनकपुरस्थित मुजेलियाबाट पक्राउ गरेको हो ।

मुरारकाले मार्बल कम्पनीको ट्रेड मार्क प्रयोग गरी नक्कली पाइप उत्पादन तथा बिक्री वितरण गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय सिरहाले यो जानकारी दिएको छ ।

हाल मुरारकालाई वडा प्रहरी कार्यालय मुजेलियामा राखिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार