NM Khabar 17 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथा आरोहण गर्दै नयाँ कीर्तिमान बनाए

विश्वविख्यात आरोही कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथा आरोहण गरे। ५६ वर्षीय शेर्पाले आज बिहान १०ः१२ बजे कीर्तिमानी सफलता हासिल गरे। यससँगै उनले आफ्नै विश्व कीर्तिमान तोड्दै नयाँ इतिहास रचेका छन्।
Prakash Gurung
Prakash Gurung
17 May 2026, 9:35 pm १ मिनेट पढाइ
आकार:
Share:

विश्वविख्यात हिमाल आरोही कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथाको सफल आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान तोडेका छन्।

सोलुखुम्बुको थामेका ५६ वर्षीय शेर्पाले आज बिहान १०ः१२ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेकेका हुन्।

सन् १९९४ मा पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेकेका कामिरितालाई विश्वभर ‘एभरेष्ट म्यान’ का रुपमा चिन्ने गरिन्छ।

यसअघि शेर्पा सेभेन समिट ट्रेकमार्फत सगरमाथा चढ्दै आएका थिए। यसपटक उनले ‘फोर्टिन पिक्स एक्सिपिडिसन’ मार्फत सञ्चालित ‘एडभेन्चर–२४ फोर्टिन पिक्स एभरेष्ट एक्सिपिडिसन’ को नेतृत्व गरे।

फोर्टिन पिक्स एक्सिपिडिसनका संस्थापक टासी लाक्पा शेर्पाले कामिरिताको यो उपलब्धि नेपाल र विश्व पर्वतारोहण समुदायका लागि गौरवको विषय भएको बताएका छन्। उनले कामिरिताको सफलता व्यक्तिगत मात्र नभई नेपालको शान र हिमालको भावनालाई विश्वमाझ पुर्‍याउने ठूलो माध्यम भएको उल्लेख गरे।

यसैबीच, महिला आरोही लाक्पा शेर्पाले पनि ११औँ पटक सगरमाथा आरोहण गरेकी छिन्। सङ्खुवासभाको मकालुकी लाक्पाले आज बिहान ९ः३० बजे सगरमाथाको चुचुरोमा पाइला टेकेकी हुन्।

पर्यटन विभागका अनुसार, कुनै महिला आरोहीले सगरमाथा चढेको यो नै सबैभन्दा धेरै पटक हो। यसअघि उनले सन् २०२२ मा १०औँ पटक सगरमाथा आरोहण गरी आफ्नै नौ पटकको कीर्तिमान तोडेकी थिइन्।

हालसम्म कम्तीमा सात हजार आरोहीले १२ हजार पटक सगरमाथा चुचुरोको सफल आरोहण गरिसकेका छन्।

Prakash Gurung

Prakash Gurung

संवाददाता · NM Khabar

प्रकाश गुरुङ NM खबरका खेलकुद संवाददाता हुन्। क्रिकेट, फुटबल र एथलेटिक्सका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा उनले गहन कभरेज गर्छन्। नेपाली खेलाडीको सफलताका पछाडिका मानवीय कथाहरू उजागर गर्नु उनको विशेषता हो।

सम्बन्धित समाचार