NM Khabar 12 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

करार अमिनलाई १ करोड १२ लाख जरिवाना, १ वर्ष कैद

उपत्यका विकास प्राधिकरणका करार अमिन दिनेश प्रसाद यादवलाई विशेष अदालतले १ करोड १२ लाख रुपैयाँभन्दा बढीको अवैध सम्पत्ति आर्जन गरेको ठहर गरेको छ। अदालतले उनलाई १ वर्ष कैद र सोही बराबरको बिगो जरिवानाको फैसला सुनाएको छ।
Sunita Rai
Sunita Rai
12 June 2026, 7:33 pm १ मिनेट पढाइ
आकार:
करार अमिन भ्रष्टाचार
Share:

विशेष अदालतले उपत्यका विकास प्राधिकरण अन्तर्गत वाग्मती नगर जग्गा एकीकरण आयोजनाका करार अमिन दिनेश प्रसाद यादवलाई १ करोड १२ लाख ७० हजार ६६८ रुपैयाँ ६२ पैसाको अवैध सम्पत्ति आर्जन गरेको ठहर गरेको छ। अदालतले यादवलाई १ वर्ष कैद र सोही बराबरको बिगो जफत गर्ने फैसला सुनाएको हो।

विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट तथा सदस्य न्यायाधीशहरू उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासले यादवलाई भ्रष्टाचारी ठहर गरेको हो। जाँच अवधि २०६३/०५/०८ देखि २०८१/०३/३० सम्ममा यादवको खुद आय ४ करोड २५ लाख ९२ हजार ९५१ रुपैयाँ ३० पैसा देखिएको थियो। तर, सोही अवधिमा उनको खुद व्यय ५ करोड ३८ लाख ६३ हजार ६१९ रुपैयाँ ९२ पैसा देखिएको फैसलामा उल्लेख छ।

अदालतको फैसलामा भनिएको छ, “प्रतिवादीलाई निजको पदीय हैसियत, भूमिका र गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिको बिगोको आधारमा ऐ. दफा २० को उपदफा (२) बमोजिम ठहर्छ।” अपराध संरक्षण ऐन, २०७५ को दफा ४१ को उपदफा (३) बमोजिम प्रतिवादीबाट क्षतिपूर्ति शुल्कबापत पीडित राहत कोषमा ४ लाख ५० हजार ८२६ रुपैयाँ दाखिला गराउन पनि अदालतले आदेश दिएको छ।

गैरकानुनी रूपमा आर्जन गरेको उक्त रकम बराबरको जग्गा र सोबाट बढेबढाएको सम्पत्तिसमेत जफत हुने फैसलामा जनाइएको छ।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार