खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले करेन्ट, लाली चाउचाउ र क्र्याकर बिस्कुट स्वास्थ्यका लागि अहितकर र गुणस्तरहीन फेला पारेको छ। विभागले यी उत्पादनहरू तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ।
विभागले बजार अनुगमनका क्रममा संकलन गरेका नमुनाहरूको प्रयोगशाला परीक्षण गर्दा ‘एक्स्ट्राक्टेड फ्याटको एसिड भ्यालु’ सरकारले तोकेको मापदण्डभन्दा बढी भेटिएको Nmkhabarलाई स्रोतले पुष्टि गर्यो। यशोदा फुड्स प्रालि (तिलोत्तमा, रुपन्देही) द्वारा उत्पादित यी वस्तुहरूमा मापदण्ड विपरीतको गुणस्तर पाइएको छ।
उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने यस्ता गुणस्तरहीन उत्पादनहरूलाई बजारबाट हटाउन विभागले उत्पादक कम्पनीलाई कडा निर्देशन दिएको छ।
