मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

करेन्ट, लाली चाउचाउ र क्र्याकर बिस्कुट अहितकर: बजारबाट फिर्ता गर्न निर्देशन

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले करेन्ट र लाली चाउचाउ फिर्ता गर्न आदेश दियो। क्र्याकर बिस्कुट पनि स्वास्थ्यका लागि अहितकर र गुणस्तरहीन पाइएको छ। यी उत्पादनमा 'एक्स्ट्राक्टेड फ्याटको एसिड भ्यालु' मापदण्डभन्दा बढी भेटियो।
Sanjay Karki
संवाददाता
१ मिनेट पढाइ
आकार:
करेन्ट चाउचाउ फिर्ता, लाली चाउचाउ फिर्ता
Share:
२०२

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले करेन्ट, लाली चाउचाउ र क्र्याकर बिस्कुट स्वास्थ्यका लागि अहितकर र गुणस्तरहीन फेला पारेको छ। विभागले यी उत्पादनहरू तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ।

विभागले बजार अनुगमनका क्रममा संकलन गरेका नमुनाहरूको प्रयोगशाला परीक्षण गर्दा ‘एक्स्ट्राक्टेड फ्याटको एसिड भ्यालु’ सरकारले तोकेको मापदण्डभन्दा बढी भेटिएको Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो। यशोदा फुड्स प्रालि (तिलोत्तमा, रुपन्देही) द्वारा उत्पादित यी वस्तुहरूमा मापदण्ड विपरीतको गुणस्तर पाइएको छ।

उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने यस्ता गुणस्तरहीन उत्पादनहरूलाई बजारबाट हटाउन विभागले उत्पादक कम्पनीलाई कडा निर्देशन दिएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार