NM Khabar 19 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कर्णाली र सुदूरपश्चिमका मुख्यमन्त्री आज विश्वासको मत लिँदै

कर्णालीका मुख्यमन्त्री मङ्गलबहादुर शाही र सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्ट आज विश्वासको मत लिँदैछन्। विश्वासको मतपछि दुवैले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। कर्णालीमा ४० सदस्यीय प्रदेशसभामा नेकपाका १४ र एमालेका १० सदस्य छन्। सुदूरपश्चिममा भट्ट नेतृत्वको पार्टीका २२, कांग्रेसका १८, एमालेका ११ र राप्रपाका १ सदस्य छन्।
Laxmi Bhattarai
Laxmi Bhattarai
19 August 2026, 8:02 am १ मिनेट पढाइ
आकार:
मुख्यमन्त्री विश्वासको मत
Share:

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। दुवै मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गरेपश्चात् मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।

मुख्यमन्त्री शाहीले सोमबार प्रदेशसभामा विश्वासको मत लिनेसम्बन्धी पत्र दर्ता गराएका थिए। नेकपा (एमाले)को समर्थनमा गत साउन १२ गते मुख्यमन्त्री नियुक्त भएका शाहीले मन्त्रालय बाँडफाँडमा ढिलाइ भएकाले मन्त्रिपरिषद् विस्तार रोकेको बताएका छन्। कर्णाली प्रदेशसभामा कुल ४० सदस्य छन्, जसमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का १४ र एमालेका १० सदस्य छन्।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज बैठक बोलाएका हुन्। उनले मङ्गलबार प्रदेशसभा सचिवालयलाई पत्र पठाएर विश्वासको मत लिने प्रयोजनका लागि बैठकको व्यवस्थापन गर्न आग्रह गरेका थिए। प्रदेशसभा सचिवालयले आज दिउँसो १ः०० बजे बैठक बस्ने गरी सूचना जारी गरेको छ।

गत साउन २९ गते मुख्यमन्त्री नियुक्त भएका भट्टले पनि विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने योजना छ। हाल १० सदस्यीय मन्त्रिमण्डलमा तीन मन्त्री र एक राज्यमन्त्री मात्र जिम्मेवारीमा छन्। मुख्यमन्त्री भट्टले आन्तरिक मामिला तथा कानुन, उद्योग, पर्यटन, वन तथा वातावरण र भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पनि सम्हालिरहेका छन्।

सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्री भट्ट नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीका २२, नेपाली कांग्रेसका १८, नेकपा (एमाले)का ११ र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक सदस्य छन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार