मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

उपत्यकामा २४ घण्टामा २,४४५ सवारी चालक कारबाहीमा, २२ लाख राजस्व संकलन

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २,४४५ सवारी चालक ट्राफिक नियम उल्लंघनमा कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा २२ लाख ७६ हजार ५१७ रुपैयाँ राजस्व संकलन भएको छ। कारबाहीमा मादकपदार्थ सेवन, तीव्र गति, लेन अनुशासन उल्लंघन लगायतका नियम उल्लंघन गर्नेहरू समावेश छन्।
Sanjay Karki
संवाददाता
१ मिनेट पढाइ
आकार:
ट्राफिक कारबाही
Share:
२१६

काठमाडौं उपत्यकामा २४ घण्टामा २,४४५ सवारी चालक ट्राफिक नियम उल्लंघनमा कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा २२ लाख ७६ हजार ५१७ रुपैयाँ राजस्व दाखिला भएको छ। Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १२८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६०, सङ्केत बत्ती उल्लङ्घनकर्ता १४१ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८३ जनालाई कारबाही गरिएको हो।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ४३, निषेधित क्षेत्रमा हर्न बजाउने १२३, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १४, एकतर्फी सडकमा सवारी चलाउने १६६ र अन्य सवारी नियम पालना नगरेका एक हजार ४८७ जनालाई कारबाही गरिएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार