काठमाडौंको खिचापोखरीबाट प्रहरीले करिब ६ करोड रुपैयाँ बराबरको प्रतिबन्धित भेप (ई-सिगरेट) र सामग्रीसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीले बरामद गरेको भेप र यसका विभिन्न फ्लेभरका लिक्विड गरी करिब ६ करोड रुपैयाँ मूल्य बराबरको रहेको अनुमान छ।
यो कारोबारमा संलग्न थप व्यक्तिको खोजी भइरहेको छ। प्रहरीले बरामद भेप र सामग्रीबारे थप अनुसन्धान गरिरहेको छ। यसबाट लागूऔषधको अवैध ओसारपसार र प्रयोगमा संलग्न गिरोहसम्म पुग्न सकिने प्रहरीको विश्वास छ।
