मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

पत्रकार किशोर श्रेष्ठद्वारा उच्च अदालतमा निषेधाज्ञाको निवेदन

जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले आफूलाई प्रहरीले पुनः पक्राउ गर्न सक्ने भन्दै उच्च अदालत पाटनमा निषेधाज्ञाको आदेश माग गरेका छन्। उपसभामुख रूबी ठाकुरको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गर्न सक्ने आशंका छ। ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिन थप कागजात माग गरेको छ।
Sanjay Karki
संवाददाता
१ मिनेट पढाइ
आकार:
किशोर श्रेष्ठ निषेधाज्ञा
Share:
१६०

जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठले आफूलाई प्रहरीले पुनः पक्राउ गर्न सक्ने भन्दै उच्च अदालत पाटनमा निषेधाज्ञाको आदेश माग गरेका छन्।

सोमबार साँझ सर्वोच्च अदालतको आदेशबाट रिहा भएका श्रेष्ठलाई उपसभामुख रूबी ठाकुरले ललितपुर प्रहरीमा दिएको जाहेरीका आधारमा पुनः पक्राउ गर्न खोजिएको Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो।

श्रेष्ठले आफूमाथि धरपकड नगर्न, सञ्चार उपकरण बरामद नगराउन र पक्राउ रोक्न माग गर्दै अदालतमा निवेदन दर्ता गराएका हुन्।

यसअघि ललितपुर जिल्ला अदालतले श्रेष्ठलाई पक्राउ पुर्जी जारी गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिनका लागि थप कागजात माग गरेको छ। जिल्ला अदालतका प्रवक्ता टिकाध्वज कार्कीका अनुसार मागिएका कागजात प्राप्त भएपछि अदालतले आवश्यक निर्णय लिनेछ।

श्रेष्ठ सोमबार मात्रै सर्वोच्च अदालतको परमादेशपछि प्रहरी हिरासतबाट रिहा भएका थिए।

Sanjay Karki

Sanjay Karki

संवाददाता

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार